पिएन क्याम्पसमा मतदान सकियो, खस्यो २ हजार ८ सय ९७ मत
पाेखरा | चैत १०, २०८१
पोखरा: पृथ्वी नारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनको मतदान सकिएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसँगै सकिएको हो ।
निर्वाचन समितिका अनुसार कुल २ हजार ८ सय ९७ मत खसेको छ ।
क्याम्पसमा कुल ९ हजार २ सय ७० विद्यार्थी मतदाता छन् ।
उक्त मतगणना भने सर्वदलीय बैठकपछि सुरु गरिने बताइएको छ ।
सभापतिमा ८ जनाको प्रतिस्पर्धा
स्ववियु सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी चुनावी मैदानमा छन्।
क्याम्पसमामा १६ वर्षपछि हुन लागेको यस क्याम्पसको स्ववियु निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

